एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यसमितिको बैठक महोतरीको बर्दिवासमा सुरु भएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर, मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल, वरिष्ठ नेता सरत सिंह भण्डारी सहितको उपस्थितीमा सुरु भएको बैठकमा विभिन्न एजेन्डाहरुमा छलफल हुने बताइएको छ ।
राजनितिक कार्यदिशा, संगठनात्मक सुदृढिकरण, पार्टीको विधान, भातृ तथा शुभेच्छुक संगठनहरुको पुर्नगठन तथा विस्तार र पार्टीको आर्थिक गतिविधी सहित विविध विषयमा वृहत विर्मश हुने पार्टी मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोडेपछि उत्पन्न परिस्थिती, त्यसले संगठनमा पारेको प्रभाव र त्यसको संरक्षणका लागि के कसरी अगाडि बढने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ । बैठक आज र भोली दुई दिन सम्म चल्ने लोसपाले जनाएको छ ।
स्रोतका अनुसार पार्टी केन्द्रिय सत्तावाट बाहिरएपनि मधेश प्रदेश सरकारमा यथावत रहेको र मधेशमा पनि मन्त्री मण्डल पर्नुगठन प्रक्रिया सुरु भइसकेकाले कसरी अगाडि बढने भन्ने बारेमा पनि छलफल हुदैछ ।