एसपी रिपोर्टर
जनकपुरधाम, चैत ५ : नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा पुर्व सांसद डिला संग्रौलाले प्रधानमन्त्री प्रचण्डबाट धोका पाएका शक्तिहरु मिल्नुको विकल्प नरहेको बताएकी छन् । जनताको म्यान्डेट अरु भएपनि माओवादीका अध्यक्ष प्रचण्डले त्यसको गलत दुरुपयोग गरिरहेको बताउदै उनले कांग्रेस एमाले बिच सहकार्य हुने प्रवल सम्भावनको संकेत गरेकी छन् ।
जनकपुरधामको पिडरिया माईथान स्थित पार्टी कार्यालय धनुषामा आयोजित नेता कार्यक्रता भेटघाटका क्रममा नेतृ संग्रौलाले हत्तारमा आएर प्रदेशका प्रमुखहरु धमाधम बदलेर निष्तेजको राजनिति गरिएको भन्दै प्रदेशका सरकारहरुमा कांग्रेसले सहकार्य गरि प्रदेश सरकार जोगाउन प्रयासरत रहने बताए ।
प्रचण्डको व्यवहारले सरकारहरु फेरिदै गएको र बदनामी कमाउदै गएकाले जनताको समस्या समाधान, परिस्थितीको मांग अनुसार स्थिर सरकारको लागि वातावरण बन्ने हो भन्ने एमाले संग पनि मिलेर जान सकिने उनको तर्क थियो । चुनावहरुमा माओवादी आफुले धोका बिर्सने तर कांग्रेसबाट भएको गल्ती कांग्रेसले स्वीकार गरेर दस्तावेजमै उल्लेख गर्दा को बइमान हुन ? भन्ने प्रष्ट भएको उनको भनाई छ ।
सो अवसरमा केन्द्रिय सदस्य मञ्जु यादव, मिनाक्षी झा, धनुषा सभापति योगेन्द्र पजियार, उपसभापति गणेश झा, सचिव कन्हैया लाल कर्ण, जनकपुरधामका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह सहित जिल्ला र प्रदेशका नेताहरुको उपस्थिती थियो ।