एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ : जनकपुरधामको राम मन्दिर अगाडिको एतिहाँसिक रामायण भवनको जिर्नोदार तथा पुर्ननिर्माणका लागि जनकपुरधामको श्री महाविर युवा कमिटिले अग्रसरता देखाएको छ । माँ राजदेवी मन्दिर प्राङ्गणमा रहेको कमिटिको कार्यालयमा शनिवार बसेको सर्वपक्षिय बैठकमा कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले एतिहाँसिक धनुष सागरको पुर्वी डिल र रामन्दिर अगाडिको मुख्य धरोधर एतिका वर्ष देखि ध्वस्त अवस्थामा रहदाँ पनि कुनै पनि निकायको नजर नपुगेको जस्तो हुनु दुःखद रहेको बताए ।
बैठकमा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले भवन एक सय वर्ष पुरानो रहेकोले कुनै पनि जिर्नोदारका काम गर्दा पुरातत्व विभाग संग अनुमती र मापदण्ड लिएर मात्र गर्न पाउने भएकाले काम रुकेको भन्दै आफु पहलकदमी लिइरहेको बताए । उनले अग्रसरताका लागि कमिटि परिवारलाई धन्यवाद दिदै युवाहरुको साथ भए कुनै पनि काम असम्भव नरहेको बताए ।
बैठकमा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, समाजिक अगुवा नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष उमेश साह, गुठी संस्थान जनकपुरधामका प्रमुख, श्री राम युवा कमिटिका अध्यक्ष परमेश्वर साह, कांग्रेसका युवा नेता राकेश विक्रम साह, पत्रकार घनश्याम मिश्र सहित कमिटिका पुर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो ।