एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई जसपाकै नेताहरु सम्मिलत स्वतन्त्र नागरिक समाज नामक एक समुहले विभिन्न १६ बुँदे मांग सहित ज्ञापन पत्र बुझाएको छ ।
मधेस प्रदेश सरकारका पुर्न गृह तथा कानुन मन्त्री जसपाका नेता ज्ञानेन्द्र कुमार यादव नेतृत्वको अधिकांश जसपाकै नेताहरु सम्मिलत समुहले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै प्रदेश सरकारको काम कारवाही प्रभावकारी हुन नसक्दा संघियता धरापमा पर्ने अवस्थामा रहेको भन्दै सचेत गराएका छन् ।

उनीहरुको मांगमा प्रहरी प्रशासन समायोजन, प्रदेश सरकारको एक अधिकार सुची अन्तर्गत आवश्यक कानुन निर्माण, प्रदेश लोकसेवा मार्फत आवश्यक कर्मचारीको पदपुर्ती, संघिय सरकारले ल्याएको निजामती ऐनमा दश वर्ष सम्म प्रमुख सचिव संघिय सरकारले नै पठाउने बुदाँको भत्र्सना देखि वरिष्ठ प्रादेशिक नेताको संयोजकत्वमा पार्टी र सरकार बीच समन्वय गर्ने समिति गठन गर्नुपर्ने सम्मको मांग छ ।

अव संघियताको कुनै पनि विकल्प हुन नसक्ने बताउदै ति समुहले संघियता मजबुत बनाउनु अवलम्वन गर्नुपर्ने कामहरु ऋभिभावकको हैसियतले प्रदेश सरकार नगरे आफुहरु आन्दोलन सम्म गर्न सक्ने खवरदारी समेत गरेको छ । पुर्व प्रदेश सांसद चमेली देवी दास सहित जसपाका नेता कार्यक्रताहरु सहितको उपस्थिती थियो ।