एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १ : कान्छो मेयर नेतृत्वको शहिदनगर नगरपालिका धनुषाले जेठ पाँच गते सम्म स्वास्थ्य सेवा वाहेक सवै सेवा र कामकारवाही बन्द गर्ने निर्णय गरेको छ । बुधवार बसेको कार्यपालिका बैठकले नेपाल सहित प्रदेश २ र धनुषा जिल्लामा समेत कोरोना संक्रमण देखिन थालेकाले महामारी नियन्त्रण गर्न बन्दा बन्दीलाई कडाईका साथ पालना गर्न गराउन पर्ने भएकाले स्वास्थ्य सेवा वाहेक नगरपालिकाको कार्यालयले प्रदान गर्ने सवै सेवा बन्द गर्ने निर्णय गरेको मेयर उदय कुमार यादव बरबरिया द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कमला नदीको रामघाटमा धर्मशाला बन्दै
मेयर बरबरियाले कमला बचाउ अभियानको पहलमा शहिदनगर नगरपालिका वडा नं. १ स्थित रामघाटमा धर्मशाला निर्माणको शिलान्यास समेत गरिसकेका छन् । मेयर तथा कमला बचाउ अभियानी बरबरियाले शिल्यानास गरेको धर्मशाला निर्माण कार्यले पर्यटन प्रबद्र्वन, कमलाको एतिहास र पर्यावरणको संरक्षण बचाउ समेत हुने मेयर बरबरियाले बताए ।
सो अवसरमा कमला बचाऊ अभियानका संयोजक बिक्रम यादव, कमला बचाउ अभियानी वडा अध्यक्ष तेजिलाल यादव, कमला बचाउ अभियानी बिरेन्द्र यादव, सुरेन्द्र यादव, श्याम कुमार महतो, राजकिशोर सल्हैता, सुनिल यादव, राम जिवन यादव, नरेस यादव, आशुतोष यादव, रामनाथ यादव कमला अभियानी पत्रकार सुरेस यादव लगायत कमला किनाराका बासिन्दा भरभलादमी समाजसेवीहरु उपस्थित रहेको र लकडाउनलाई मध्यनजर गर्दै समाजिक दुरि कायम गरिएको मेयर बरबरियाले बताएका छन् ।