एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३० : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश प्रमुखको निवासमा आफु अहिले सम्म बसि रहनु रहर नभएर बाध्यता रहेको बताएका छन् । एसपी खवरसंगको कुराकानीमा मिश्रले आफुलाई निवास कहिले छोडनु हुन्छ ? भन्ने प्रश्नहरुको सामना गर्न परिरहेको बताउदै यहाँ बसिरहनु आफनो रहर नभएर बाध्यता रहेको बताए ।
उनले भने, ‘मलाई यहाँ बस्नुको कुनै लोभ छैन तर प्रदेश प्रमुखवाट आफुलाई हटाइएको बारे आधिकारिक जानकारी नै आएको छैन ।’ कतिपयले यसलाई मेरो र कांग्रेस पार्टीलाई समेत जोडेर सत्ता मोह भन्दै टिप्पनी गरेको पनि हुन सक्छ उनले भने, ‘यस विषयमा कांग्रेसलाई जोडेर गलत टिप्पनी गर्नु दुःखद हो ।’
उनले सुनाए यि तिन कारण :
१ : मलाई प्रदेश प्रमुखवाट हटाइएको वा नयाँ प्रदेश प्रमुख यहाँ पठाइएको नेपाल सरकारको आधिकारिक पत्र मलाई प्राप्त भएको छैन मैले समाचारमा मात्र सुनेको हुँ ।
२ : राष्ट्रपति हाम्रो अभिभावक हुनुहुन्छ वहाँवाट पनि कुनै किसिमको पत्र वा जानकारी अहिले सम्म आइसकेको छैन ।
३ : म अव घर जाँदैछु भन्दा नेपाली सेना सहितको मेरा सुरक्षा अंग पनि आफुहरुलाई समेत अहिले सम्म कुनै पत्र नआएकाले तपाई घर जाँदा तत्काल हामी पनि तपाईसंगै घर जानुपर्छ भन्नु हुन्छ, मेरो घरमा सेना राख्ने व्यवस्थाको अभाव छ, म के गर्ने ?
म यहाँ एक्लै छु, श्रीमतीलाई घर पठाइदिए । मलाई आफै समस्या भइरहेको छ उनले थपे । अहिले सम्म किन नछोडेको, लोभ र मोह होला भन्ने कुरा गरेर पार्टी र मलाई बदनाम गर्ने काम गर्न नहुने उनको तर्क छ ।