एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २९ : भेडाबाख्रामा विषाणुवाट लाग्ने घातक रोग पिपिआर विरुद्व मधेश सरकारले साताव्यापी खोप अभियान थाल्दै छ । चैत १ गते देखि सुरु हुने खोप अभियान मधेश प्रदेशको आठवटै जिल्लामा एक साथ सुरु हुन गइरहेको मधेश प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
प्रदेशको सर्लाहीमा १ लाख ३४ हजार सवभन्दा बढि र पर्सामा सबै भन्दा कम ६३ हजार खोप सहित कुल ७ लाख ९२ हजार खोप लगाइने जानकारी गराइएको छ । २०३० साल सम्ममा पिपिआर रोग अन्मुलन गर्ने उद्देश्यका साथ थालिएको खोप अभियानका साथै रोग न्युनीकरणका लागि जनचेतना फैलाइने, भेडाबाख्रा पालनमा असल अभ्यासलाई प्रभावकारी ढङ्गवाट अवलम्वन गराउन सहयोग गर्ने सहितको योजना मन्त्रालय संग छ ।
प्रदेशका हरेक जिल्लाको स्थानिय पालिकाहरुमै पुगेर खोप लगाउन मधेशमा कुल ४ सय ८३ जना भ्याक्सिनेटर (खोपकर्ता) हरु खटाइने छ । यो खोप निशुल्क उपलब्ध हुने समेत मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. संजिव कुमार ठाकुरले निशुल्क लगाइने यो खोपहरु छुटाउन नहुने र त्यसका लागि सचेत वर्ग पनि किशानहरुलाई सम्झाउनु पर्ने बताए ।
एता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा. रञ्जित कुमार अधिकारीले राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम अन्तर्गत फागुन १५ देखि फागनु मसान्त सम्म गाइभैसीमा लाग्ने खोरेत रोग विरुद्वको खोप समेत लगाउने काम भइरहेको बताए । यो खोप धनुषामा ५९ हजार ४ सय लगाइने छ । उनले स्थानिय तहको सहकार्यमा खोप अभियान अन्तर्गत एच एस, वि.क्यु, खोरेत, पिपिआर, स्वाईनफिवर, रानीखेत खोप गरि धनुषामा मात्र कुल २ लाख ३१ ह्जार ५ सय खोप लगाइने छ ।
साथै उनले भ्यागुते र्चचरे तथा लम्पिस्कीन विरुद्वका् खोप पनि छिट्टै अभियानका रुपमा लगाउने तयारी भइरहेको बताए ।