एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २३ : नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाको नयाँ नेतृत्व चयन भएको छ । जनकपुरधाममा आयोजित ११औं जिल्ला अधिवेशनबाट वरिष्ठ पत्रकार सन्त कुमार कार्की (व्यथित) को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको सभापतिमा सन्तकुमार कार्की, उपसभापतिमा नेता मो.असगर अली, सचिवमा श्रवण आचार्य, कोषाध्यक्षमा किशोरी साह र सह–सचिवमा श्रीमती जमुना भुजेल चयन भएका छन् । साथै कार्यसमिति सदस्यहरुमा श्रवणकुमार साह, वरिष्ठ पत्रकार अशोक रौनियार, दिनेश शर्मा, रामचन्द्र साह(रामू), मिथिलेश कर्ण, भुवनेश्वरी कार्की रहेका छन् ।
क्षयरोग निवारणका लागि संस्थाले विभिन्न कार्यक्रम तथा जनचेतना मुलक अभियानहरु सञ्चालन गर्दै आएको सभापति कार्कीले बताए ।