एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ : नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको चौथौ पूणकालिन बैठक सिरहाको लहानमा बसेको छ । अगामि नेपाल पत्रकार महासंघको निर्वाचन, भावि रणनिती र संगठनको बारेमा समिक्षा गर्न बसेको बैठकमा सौहादपुर्ण रुपमा विमर्श भएको समितिका महासचिव अजय कुमार साहले बताए ।
अध्यक्ष सत्य प्रकाश श्रेष्ठको अगुवाई र केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्णको विशेष उपस्थितीमा भएको बैठकमा मधेश समिति र आठवटै जिल्लाका सभापति सहित कार्यसमितिहरु संगको समन्वयमा अगाडि बढनुपर्ने सुझाव आएको छ महासचिव साहले भने । मधेश प्रदेश कार्यसमितिलाई अभिभावकत्व ग्रहण गरि प्रभावकारी रुपमा अगाडि बढन जिल्लाहरुवाट सुझाव आएको बताइएको छ ।

त्यसैगरि शनिवारनै युनियन सिरहाको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम समेत सम्पन्न भएको छ । निर्वतमान अध्यक्ष भरत जर्घामगरले नव अध्यक्ष निर्मला दाहाललाई पदहस्तान्तरण गरि दाहाल नेतृत्वको नयाँ कार्यसमितिलाई पदस्थापन गरिएको छ । केन्द्रिय उपाध्यक्ष कर्ण र प्रदेश अध्यक्ष श्रेष्ठको विशेष उपस्थितीमै आयोजित समारोहमा उपस्थित आठवटै जिल्लाका युनियनका अगुवाहरुले महिलाको नेतृत्व र बर्चश्वको सिरहा कार्यसमितिले नौलो सकारात्मक कामहरु गरि स्मरणिय काम गर्ने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा पिएचडी डा. होल्डर हुन सफल भएका मधेश महासचिव अजय कुमार साहलाई मधेश र सिरहा शाखाले सम्मान गरेको थिया्े । सो अवसरमा नेपाली कांग्रेस लहानका नगरसभापति संजय यादव सहित युनियन मधेश प्रदेश कार्यसमितिका पदाधिकारी र सस्दयहरु, सप्तरी र सर्लाही जिल्लाका युनियनका अध्यक्ष, अन्य जिल्लाका पनि पदाधिकारी र सदस्यहरुको उपस्थिती थियो ।