एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : जनकपुरधाम मधेश भवन स्थित मुख्यमन्त्री निवासमा बसेको गठबन्धनको बैठकबाट लोसपा र माओवादी पनि बाहिरएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव बाहिरएको केहि बेरमै लोसपा र माओवादीका नेताहरु पनि बैठकबाट धमाधम बाहिरएका छन् ।
यद्यपि जसपा र नेकपा एसका नेताहरु भने अझै भित्रै रहेको बताइएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितीमा सुरु भएको बैठकमा गठबन्धन आवद्व जनमत पार्टी बाहेकका दलहरुका नेताहरु सहभागि थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादव बैठकको सुरुवात गरेर केहि छिनको छफलफल पछि बाहिरएका थिए । उनको काठमाण्डौं जाने योजना रहेकोले बाहिरएको बताइएको छ ।उनलाई मुख्यमन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री, कृषि मन्त्री सहित उपस्थित जसपाका नेताहरु मुख्यमन्त्री निवास बाहिर सम्म आएर बिदाई गरि पुनः बैठक कक्षमा प्रवेश गरेका थिए तर केहि मिनेटमै माओवादी र लोसपाका नेताहरु पनि धमाधम बैठक स्थलबाट बाहिरए ।
के विषयमा छलफल थियो भन्ने एसपी खवरको प्रश्नमा माओवादी र लोसपाका नेताहरु बोल्न पर्ने खासै केहि नरहेको बताउदै प्रतिक्रिया दिन पन्छिएका छन् । स्रोतका अनुसार जसपा अध्यक्ष यादवले गबन्धन र मधेश सरकारका बारेमा केन्द्रिय गठबन्धन नेतृत्वको धारणा ब्रिफ गरि त्यसै अनुसारको सहमतिमा अगाडि बढन मधेशका नेताहरुलाई आग्रह गर्दै बाहिरएका थिए । मधेशका नेताहरु बिचको छलफल निरन्तर चल्ने खोजेको तर जनमत पार्टीका नेताहरु बाहेकको बैठकबाट केहि बेरमै माओवादी र लोसपा पनि बारिहएको हो ।
स्रोतका अनुसार यसरी मधेश प्रदेश सरकार चल्ने हो भन्ने संघियता माथीको शंका मजबुत हुदै जाने र खतरा हुने भन्दै प्रभावकारी सरकारका लागि अर्को विकल्पमा जानुपर्ने माओवादी र लोसपाको प्रस्ताव छ ।