एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : जनकपुरधाम मधेश भवन स्थित मुख्यमन्त्री निवासमा गठबन्धनको बैठक जारी छ । जसपा अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितीमा भइरहेको बैठकमा गठबन्धन आवद्व दलहरुका नेताहरु सहभागि छन् । मुख्यमन्त्री निवास अगाडिको वातावरण सुनसान छ, नेताका गाडीहरु लामवद्व पार्किङ्ग गरिएको छ ।
मुख्यमन्त्रीको सवारी निवास भित्र पार्किङ्ग गरिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव बैठकको सुरुवात गरेर केहि छिनको छफलफल पछि बाहिरएका छन् । उनको काठमाण्डौं जाने योजना रहेकोले बाहिरएको हो । उनलाई मुख्यमन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री, कृषि मन्त्री सहित उपस्थित जसपाका नेताहरु मुख्यमन्त्री निवास बाहिर सम्म आएर बिदाई गरि पुनः बैठक कक्षमा प्रवेश गरेका छन ।
स्रोतका अनुसार जसपा अध्यक्ष यादवले गबन्धन र मधेश सरकारका बारेमा केन्द्रिय गठबन्धन नेतृत्वको धारणा ब्रिफ गरि त्यसै अनुसारको सहमतिमा अगाडि बढन मधेशका नेताहरुलाई आग्रह गर्दै बाहिरएका हुन । यद्यपि मधेशका नेताहरु बिचको छलफल जारी छ । बैठकमा जनमत पार्टीका नेताहरुलाई भने नबोलाइएको जानकारी प्राप्त भएको छ ।