एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ : अन्तत जनकपुरधामका युवाहरु जानकी मन्दिर सहित जनकपुरधामका मुख्य मन्दिरहरुको ट्रष्टीकरण गर्नुपर्नेमा सहमत भएका छन् । महाविर युवा कमिटिको अगुवाईमा जनकपुरधाममा बसेको संयुक्त युवा क्लवहरुको बैठकले जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, बौधीदेवी मन्दिर तथा गोपाल धर्मशाला सहित आम्दानीको स्रोत समेत रहेको धार्मिक स्थलहरु सवैको ट्रष्टीकरण गर्नुपर्ने निर्णय समेत गरेको छ ।
वैठकमा सहभागि युवा अगुवाहरु नविन यादव र राकेश विक्रम साहले फेसबुकमा जनाए अनुसार ति सम्पदाहरुको ट्रष्टीकरणका लागि अगामि बैठकवाट संर्घष समितिनै गठन गरि चरणबद्व अभियान थालिने छ । वैठकमा उद्योगी व्यवसायीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघको समेत सहभागिता रहेको छ ।
हिरा नेतृत्वको समितिलाई अन्यथा प्रचारवाजी भयो
संघका महासचिव जितेन्द्र महासेठले संघको अगुवाईमा अस्ती नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर साह हिराको नेतृत्वमा ट्रस्टीकरणका बनाएको समितिको गलत रुपमा प्रचारवाजी गरिएको बताए । उक्त समिति विसुद्व रुपमा संघ अन्तर्गतको रहेको र संघका सदस्यहरुकै सहभागितामा तत्कालै पहल कदमीका लागि बनाइएको समितिलाई अन्यथा जातीवादसंग जोडेर गलत किशिमले प्रचार प्रसार गरिएको उनले बताए ।
‘त्यो समिति तत्कालै पहलकदमीका लागि मात्र बनाइयो’, संयोजक हिराले भने, ‘हामी त्यस समितिको पहलमा सवै क्लव, नागरिक समाज, सवै क्षेत्रका अगुवाहरु सहितको सहभागितामा समाबेशी समिति बनाउने उद्देश्य सहित समिति बनायौं तर त्यसलाई जाती विशेष भनेर व्याख्या भयो ।’ अव सवै मुख्य मन्दिर र धार्मिक सम्पदाहरुको पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि ट्रष्टीकरण अभियान कसैले रोक्न नसक्ने उनको भनाई छ ।