एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ : धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादव र नगर प्रमुख दिनेश प्रसाद यादवविरुद्ध नाराबाजी गरिएको छ । सर्वदलिय सँघर्ष समिति शहिदनगरले नगरपालिका पुगेर मेयर र शिक्षा शाखा प्रमुखविरुद्ध नाराबाजी गरेको हो । गैर कानुनी रुपमा शिक्षा शाखा प्रमुख बनाइएको भन्दै वडा नं. ६ का वडाध्यक्ष उमेश निरालाले उनीहरुलाई बहिष्कारको माग गरे ।
बाक्लो भिड सहित स्थानीय सर्वसाधारणहरुले यादवद्धय विरुद्ध नाराबाजी गरेको हो । जसपा, काँग्रेस, माओवादी, एमाले, नेकपा एस लगायतका दलहरु सम्मलित सर्वदलिय सँघर्ष समितिले मेयर मूर्दाबाद, कमिशनखोर मेयर मुर्दाबाद, घुसखोर शिक्षा प्रमुख विश्वनाथ यादव मुर्दाबादको नारा लगाएको थियो ।

विभिन्न दलका नेतृत्वकर्ताहरुको नेतृत्वमा गाउँ गाउँबाट गएको सर्वसाधारणहरुले शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध खनिएको थियो । सोही सँगै मेयर दिनेश प्रसाद यादवविरुद्ध समेत नाराबाजी भएको सुनियो । शिक्षा शाखा प्रमुख यादवलाई बचाउ गर्नको लागि नगर प्रमुख यादवले विभिन्न दाउ लगाएको भन्दै नगर प्रमुख विरुद्ध स्थानीय खनिए । विभिन्न माग राख्दै यादवविरुद्ध सर्वदलिय सँघर्ष समितिले नाराबाजी गर्दै स्थानीय उतारेका हुन् ।
यदुकूहाको विभिन्न चोक र गल्लीमा परिक्रमा गर्दै प्रदर्शनकारीहरु यदुकुहाको भठ्ठीचोकमा कोणसभा गरेका थिए । सो क्रममा सम्बोधन गर्दै वडा नं. ६ का वडाध्यक्ष दिनेश निरालाले शिक्षा शाखा प्रमुख विश्वनाथ यादव कुन शर्तमा राखिएको हो भन्ने बारे मेयरले प्रष्टयाएर भन्नु पर्ने बताए । उनले मेयरको क्रियाकलापबारे समेत सार्वजनिक रुपमा बोल्दै सच्चिनको लागि चेतावनी दिए ।