एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ :
मधेस प्रदेशसभाका प्रथम प्रदेशसभा सदस्यहरुको भेलाबाट पूर्व प्रदेशसभा सदस्य मञ्च गठन गरिएको छ ।
सोमबार मधेसका पूर्व प्रदेशसभा सदस्यहरुको भेला बसेर पूर्व प्रदेशसभा सदस्य मञ्च गठन गरिएको हो । पूर्व प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहको संयोजकत्वमा ११ सदस्यीय तदर्त समिति गठन गरिएको हो ।
समितिको सदस्य सचिवमा पूर्व प्रदेशसभा सदस्य जगतप्रसाद यादवलाई चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा सुन्दरबहादुर विश्वकर्मा, परमेश्वर साह, मञ्जु यादव, श्यामपरी देवी, अशोक कुमार यादव, बाबुलाल साह, रुवि कर्ण, मदन श्रीवास्तवलाई चयन गरिएको हो । त्यस्तै मञ्चको सल्लाहकार समिति समेत चयन गरिएको हो ।
सल्लाहकार समितिमा सभामुख रामचन्द्र मण्डल, पूर्व सभामुख एवं मुख्यमन्त्री सरोजकुमार यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत लगायतका रह्नु भएको छ । मञ्चको चाँडै नै घोषणासभा गरिने जनाइएको छ ।