एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ४ : नेपाली कांग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधीले जनकपुरधामको विकासका लागि सबै मिल्नुको बिकल्प नरहेको बताएका छन् । जनकपुरधाममा पेट्रोलियम डिर्लस एशोसिएशन जनकपुरधामको नव निर्वाचित कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै निधीले विकास गर्नेको तारिफ र हुन नसकेको कामका लागि छलफल हुनुपर्ने बताए ।
चुनावमा मात्र राजनिति हुनुपर्ने बताउदै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधीसभा सदस्य निधीले आफुले ढल्केवर–जनकपुर–जटही छ लेन मात्र नभई पहाडहरुमा समेत धेरै सडकहरु बनाउने काम गरेको बताए । म पहाडमा जाँदा स्थानियले खुव खुसी हुदै सडक बनाइदिनु भएकोमा धन्यवाद दिन्छन उनले भने, ‘तर आफनै घरको मान्छेले गरेको कामको पनि चर्चा गर्न लजाउँछ ।’
उनले देशमा आर्थिक मन्दीको विकराल स्थितीहरु देखिएको भन्दै सरकारले प्याकेजमै समाधानका लागि सुस्त नभई फास्ट्रयाकवाट अघि बढनुपर्ने बताए । गठबन्धनको सरकार भएकाले यस्ता समस्याहरु समाधान गर्न सरकार मात्र नभई सबै राजनितिक दलहरु पनि एक ढिक्का हुन आवश्यक रहेको उनको भनाई थियो । केन्द्रिय समितिको बैठक छोडेर आफु जनकपुरधाम आउनुले पनि पेट्रोलियम व्यवसायीहरुको साथमा आफु सधै रहने स्पष्ट रहेको उनले बताए । उनले किशुनदेव साहको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिए ।
सो अवसरमा सम्पुर्ण नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा एशोसिएसनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान, महासचिव बिश्व प्रसाद अर्याल, नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर, मधेश संयोजक सुरेन्द्र श्रीवास्तव, कांग्रेस धनुषा सभापति योगेन्द्र पजियार, नेता मनोज चौधरी, जउबा संघका अध्यक्ष जितेन्द्र महासेठ सहित कोशी प्रदेश संयोजकहरु सहितको उपस्थिती थियो ।