एसपी रिपोर्टर
जनकपुरधाम, माघ २७ : पेट्रोलियम डिर्लस एशोसिएशन जनकपुरधामको नेतृत्वमा १७ वर्ष देखि रहेका वर्तमान अध्यक्ष बिष्णुदेव साहलाई पराजित गर्दै उनका भाई किशुनदेव साह अध्यक्षमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता विमलेन्द्र निधी निकट हुन ।
नयाँ नेतृत्वका लागि शानिवार जनकपुरधाममा भएको निर्वाचनमा वर्तमान अध्यक्ष बिष्णुदेवलाई ८ मतले पराजित गर्दै किशुनदेवले बाजी मारेको छ । उनीहरुले पाएको मत क्रमश ४० र ३२ हो । एशोसिएशनका वर्तमान अध्यक्ष बाबा पेट्रोल पम्पका सञ्चालक समेत रहेका बिष्णुदेव साह हुन भने नव निर्वाचित अध्यक्ष किशुनदेव उनकै भाई जनकपुर डिजेलका सञ्चालक हुन ।
बिष्णुदेवले बनाएको दुईजना फर्जी मत जिल्ला प्रशासन कार्यालयले बदर गरेपछि सदर भएको कुल ७८ मतदाता मध्ये ७७ जनाले मतदान गरेका थिए । कार्यसमितिको प्रथम उपाध्यक्षमा ललित साह तेली, उपाध्यक्ष राजिव पाठक, महासचिव रामरोशन साह, सचिव नरेश महासेठ र कोषाध्यक्षमा राजकुमार मरबैता विजयी भएका छन् ।
कुल १३ सदस्सीय कार्यसमितिमा १० जना निर्वाचित र ३ जना मनोनयन हुने प्रावधान छ । १० जना निर्वाचित मध्येमा ८ जना किशुनदेव पक्षकै छन् । विष्णुदेवको दुई जना सदस्यहरु जित्न सफल भएको छ । सदस्यहरुमा क्रमश विकास कुमार साह, गिता देवी साह सुडी, किरण देवी महतो र लालबाबु साह तेली निर्वाचित भएका छन् ।