एसपी रिपोर्टर
जनकपुरधाम, माघ २७ : जनकपुर साहित्य महोत्सवको पाँचौ संस्करण अन्तर्गत जनकपुरधाममा जारी विभिन्न शैक्षिक तथा कला प्रस्तुत गर्ने प्रतिस्पर्धात्मक गतिविधीको तेस्रो दिन जनकपुरधाममा शिल्पकला प्रतियोगिता सम्पन्न भएको छ ।
जनकपुरधामको एतिहाँसिक नोचा पोखरी घाटमा भएको प्रतियोगितामा जनकपुरधाम नगरका ३५ विद्यालयका ३५ छात्र छात्राहरु सहभागिता जनाएका छन् । उपमहानगर भित्रका सामुदायिक र निजी विद्यालयवाट सहभागि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले प्रकृती नेचर र संस्कृती कल्चरलाई प्राथमिकतामा राखेर बनाएका चित्रकलाहरुलाई फाल्गुन १२ गते पुरस्कृत गरिने छ ।
नव मिथिला फाउन्डेशनद्वारा हरेक वर्ष आयोजना हुने महोत्सव यस वर्ष औपचारिक रुपमा फाल्गुन १०, ११ र १२ गते मनाइने छ । यस शिल्पकला प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने प्रतियोगीलाइ क्रमश २१ हजार, ११ हजार र ५१ सयका साथै सबैलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिने छ ।
यस अघि विहिवारवाट सुरु भएको प्रतियोगितात्मक विभिन्न शैक्षिक र कलात्मक प्रतिगिता अन्तर्गत पहिलो दिन ३६ जना मध्येवाट ५ जना उत्कृष्ट वक्तृत्वकला र दोस्रो दिन ३४ जना मध्येवाट ५ जना उत्कृष्ट कविता वाचनकर्ता छनौट भएको छ । उनीहरु फाल्गुन १०, ११ र १२ गते जनकपुरधाम स्थित राममन्दिरको प्राङ्गणमा आयोजना हुने महोत्सवको मञ्चमा प्रतियोगिका रुपमा पुनः आफना कला र प्रतिभा सहित प्रस्तुत हुने छ ।