एसपी रिपोर्टर
जनकपुरधाम, माघ २६ : पेट्रोलियम डिर्लस एशोसिएशन जनकपुरधामको नयाँ नेतृत्वका लागि भोली जनकपुरधाममा निर्वाचन हुने कार्यतालिका छ । तर एशोसिएशनका वर्तमान अध्यक्ष बाबा पेट्रोल पम्पका सञ्चालक समेत रहेका बिष्णुदेव साह पुनः अध्यक्ष बन्न फर्जी मतहरु बनाएको आरोप लगाइएको छ ।
अध्यक्ष पदका अर्का प्रत्यासी तथा उम्मेदवार जनकपुर डिजेलका सञ्चालक किशुनदेव साहले जसरी पनि जाल झेल गरेर पुनः अध्यक्ष बन्न वर्तमान अध्यक्ष साहले दुईवटा फर्जी मतदाता बनाएको प्रमाण सहित पत्रकार सम्मेलन गरि स्पष्ट पारेका छन् ।
उनले आफु भोली निर्वाचनमा आफु समेत उम्मेदवारी दिने घोषणा गर्दै जारी भएको ८० जना मतदाताको नामावलीमा दुईजना कृष्ण आयल स्टोर्स जनकपुर र प्रशान्त आयल स्टोर्स रघुनाथपुर विधान अनुसार फर्जी मत रहेको दावी गरेका छन् । आफनो जित सुनिश्चित देखेर १७ वर्ष देखि गोजीको संस्था बनाएका वर्तमान अध्यक्ष अतालिएको उनको दावी छ ।
लामो विवादका कारण नयाँ नेतृत्व चयन हुन नसकेको र कानुन अनुसार वर्तमान कार्यसमितिको कार्यकाल माघ २७ गते सम्म मात्र वैध रहने भएकाले वर्तमान अध्यक्ष विष्णुदेव धमाधम निर्वाचनको पुर्व सन्ध्यामा मतदाता नामावली सार्वजानिक गरि चुनाव गराउन लागेको उनले बताए । यद्यपि उनले नयाँ नेतृत्वका लागि गर्न लागेको चुनाव स्वागत योग्य रहेको पनि बताए ।