एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : भोली विहिवार देखि जनकपुरधाममा हुने भनिएको जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सव २०८० को सम्पुर्ण तयारी पुराएको छ । बुधवार मैथिली विकास कोषले पत्रकार सम्मेलनको आयोजना गरि आयोजनाको सबै तयारी पुरा भएको सहितका जानकारी गराएको छ ।
कोषका अध्यक्ष जिवनाथ चौधरीले भोली विहिवार विहान ८ बाह्रबिघ्घाबाट वृहत झाँकी सहितको शोभायात्रा त्यसपछि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको विशेष उपस्थितीमा महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा समुदघाटन सत्र भई दिउँसो देखिनै बहसका सत्रहरु र साँझ मनोरञ्जनात्मक कार्यक्रमहरु हुने जनाएको छ ।

भाषा, कला, साहित्य, नाटक र राजनिति सहित करिव २० सत्रमा हुने बहस र विर्मशका साथै मिथिला व्यञ्जन, सांस्कृतीक कार्यक्रम, चित्रकला प्रदर्शनी सहितको कार्यक्रम समेत रहेको कोषले जनाएको छ । २०५८ सालमा स्थापित कोषले हरेक दुई वर्षको अन्तरालमा यो महोत्सव गर्दै आएको छ । यस अघि २०७३, २०७५ र कोभिडको कारण २०७८ मा भएको महोत्सवको चौथो संस्करण भोली देखि माघ २२ गते सम्म चल्ने छ ।