एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई माघको जाडोमा दरबार हत्या काण्डको छानविन गर्छु भनेर राजनिति तातो पार्नुको सट्टा भुकम्प प्रभावितहरुलाई न्यायो कसरी हुन्छ त्यस तर्फ लाग्न आग्रह गरेका छन् ।
जनकपुरधाम विमान स्थलमा एसपी खवरसंगको कुराकानीमा पुर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापाले भने प्रधानमन्त्री दाहाललाई आग्रह गर्छु अहिले अन्य कुरा गरेर बरालिनु भन्दा जाजरकोटको भुकम्प प्रभावित, झापाको हात्ती आतंकबाट त्रसित र धनुषाको कमला पुल नभएर प्रताडितहरुको बारेमा ध्यान दिनुहोस ।
तत्काल सरकार परिवर्तन हुदैछ ? भन्ने विषयमा उनले भने, ‘एक वर्ष सरकारको जुन किशिमको प्रस्तुती रहयो यस पछाडि स्वभाविक रुपमा सरकार परिवर्तणको छलफल प्रारम्भ त हुन्छ नै त्यसको उपयुक्त समय आइरहेको छ ।’ उनले वर्तमान संघिय सरकारको एक वर्षको मुल्यांकन गर्नुपर्ने बताए ।
उनले वडा सम्म पुग्ने अभियानका क्रममा जनतामा सरकार प्रति निरासा र समान्य पुल समेत नभएर दुःख र पिडा प्रस्तुत भइरहेको भन्दै सरकार सच्चिनुपर्ने बेला आएको बताए । जनताको कुरा सुन्नकै लागि आफुले यो अभियान थालेको उनले बताए ।