एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ : विभिन्न विवादमा आइरहने पर्सा बिरगंजको नेशनल मेडिकल कलेज पुनः विवादमा तानिएको छ । गत शिनवारको राती (आइतवार विहान) १ देखि २ बजे होस्टलबाट निक्लेको दुई विद्यार्थीहरुको मृत्यु भएको भनिएपनि मृतकका आफन्तलाई घटना शंकाष्पद लागेको छ ।
हेर्नोस स्थलगत भिडियो रिपोर्ट
मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको भनिएको घटनामा बाराका एक जना बिडिएसका छात्र सहित धनुषाको सबैला वडा नंं ५ मखनाहाका २२ वर्षिय सुमित यादव (एमबिबिएस दोस्रो वर्ष) अध्यन्नरतको पनि मृत्यु भएको थियो । मृतक यादवका पिता फुदन यादव र क्रियामा बसेका जेठा दाजु आशिष कुमार यादव राती २ बजे तिर आफनो विद्यार्थी होस्टल बाहिर जाँदा पनि आफुहरुलाई किन खवर नगरेको ? प्रश्न गर्दै शंका व्यक्त गरेका छन् ।

मृतकका पिता यादव भन्छन, ‘मेरो छोरा राती के कति कारण देखाएको होस्टलबाट निस्क्यो ? मलाई जानकारी र सिसिटिभी फुटेज दिनोस भन्दा कलेज प्रशासन मान्दैनन ।’ आफनो छोराको नियोजित रुपमा हत्या भएको पनि हुन सक्ने उनीहरुले आशंका जताइरहेका छन् । कलेजको केहि सकेन्डकै दुरीमा दुर्घटना भएको छ हामिलाई बिश्वास छैन, यादवले भने, ‘अनुसन्धान र सत्यतथ्य बाहिर ल्याईनु पर्दछ ।’

यस बारेमा कलेज प्रशासनले आफुहरुबाट लापरवाही भएको भनि स्वीकारर गरेको सुनाउदै उनिहरुले दुई जनाको मृत्युको जवाफ गल्ती भयो भनेर मात्र न्याय नहुने उनीहरुको तर्क छ । दुईजनाको ज्यान गएको छ, मृतकका दाजु आशिषले भने, ‘हाम्रो कमजोरी भयो भनेर मात्र हुन्छ ? होस्टल चलाउन नसक्नेले बन्द गर्नुपरयो नभए अरु धेरैले छोरा गुमाउनु पर्ने हुन्छ ।’ आफुहरु न्यायका लागि र अरुको सन्तानको हानी नहोस भन्ने उद्देश्यले अव अदालत जाने परिवारजनको दावी छ ।
छोरा दोस्रो वर्षमा अध्यन्नरत रहँदा ४० लाख रुपैया कलेजलाई बुझाएको जस्मा सुरक्षा र ईन्टरनेटको समेत रहेको भन्दै मृतकका परिवारजनले यो कस्तो सुरक्षा भयो ? भन्दै प्रश्न गरेका छन् ।