एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ : छैठौं बलिदानी दिवस २०८० को अवसरमा जनकपुरधाममा प्रदेश स्तरीय बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । मधेश प्रज्ञा प्रतिष्ठान जनकपुरधामको आयोजनमा भएको कवि गोष्ठीमा करिव तिन दर्जन भन्दा बढि कविहरुले विभिन्न सन्दर्भमा आ आफनो कविता वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि भ्रमरको अध्यक्षतामा भएको गोष्ठीमा जनकपुरधाम सहित धनुषाका अनुभवि देखि नयाँ पुस्ताका कविहरुले पिता, समाज, ममता, शहिद, आत्मबल, कर्तव्य, अधिकार सहितका विषयमा कविता पाँच भाषामा बाचन गरिएको छ । प्रतिष्ठानले कविहरुलाई प्रमाणपत्र समेत प्रदान गरेको छ ।
मधेशका धनुषा, महोतरी, सिरहा, सप्तरी सहितका बिभिन्न जिल्लाबाट आएका कविहरुले आयोजन प्रति आफ्नो सकारात्मक प्रतिक्रिया ब्यक्त गर्दै आगामी दिनमा यसको निरन्तरताको आशा व्यक्त गरेक थिए । प्रतिष्ठानका अध्यक्ष भ्रमरले अहिले प्राप्त कविताहरु आगामी दिनमा संग्रहको रुपमा प्रकाशित गर्ने जानकारी गराए । साथै आगामी वर्ष देखि प्रतियोगितात्मक कविता महोत्सवको आयोजन समेत गरिने उनले जनाए ।
प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव एवं गित तथा सङ्गीतकार एवं गायक शुनिल कुमार मल्लिक सहितकाले असल कविताको लागि कार्यशालाको आवयश्कता रहेको भन्दै प्रतिष्ठानलाई आग्रह गरे ।
सो अवसरमा कविहरु विनोद चन्द्र झा, प्रेम विदेह ललन, काशीकान्त झा रसिक, पुनम झा मैथिल, किरण झा, धिरेन्द्र झा मैथिल, राजेश महतो, सिरहाकी गेना यादव, सप्तरीकी करुणा झा, मगही तर्फ धनुषाका किरण महतो, फुलगेन मगही, बज्जिका तर्फ रामचन्द्र महतो सहित हिन्दी सहितका भाषाहरुमा लिखित र मौखिक कविता प्रस्तुत गरिएको छ ।