एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ : नेपाली कांग्रेसका पुर्व उपसभापती पुर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले आजको युवा जमातमा उद्यमशिलताको ज्ञान सहि समयमै हुनुपर्ने बताएका छन् । नेपाली युवा उद्यमी फोरम जनकपुर च्याप्टरको आयोजनामा जनकपुरधामको मोनाष्टिक स्कुलमा आयोजित दुई दिवसीय पहिलो राष्ट्रिय विद्यार्थी नविनता सम्मेलनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै नेता निधीले डाक्टर र ईन्जिनियर मात्र बन्नु पर्छ भन्ने सोच बदलेर मधेशका किशोर किशोरीहरुमा युवा उद्यमशिलता र सहित आर्थिक प्रवद्र्वनका ज्ञान प्रदान गर्न सके युवा शक्ति सदुपयोग हुने बताए ।
उनले विद्यार्थीहरुमा आफना कोर्शका प्राविधिक ज्ञानका आलावा देशको शासन प्रणाली देखि सार्वजानिक ज्ञानहरु समेत संगसंगै हुन पर्ने बताए । अहिले हाम्रो देशमा कुन शासन प्रणाली हो ? भन्ने प्रश्न विद्यार्थीहरुलाई गरेका निधी जवाफ नआएपछि यस्ता कुराहरुमा जागरुक हुन जरुरी रहेको बताउदै नेपाली युवा उद्यमी फोरमले देशको भविष्यका लागि गरेको सम्मेलन सराहनिय रहेको बताएका थिए ।

कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले युवा उद्यमीको विकास र दक्ष उद्यमीको विस्तार हुन सके मात्र देशको आर्थिक उन्नती सम्भव रहेको बताए । जनकपुरधाममा स्कुले किशोर किशोरीहरुलाई उद्यमशिलता, बजार र आर्थिक प्रवद्र्वनको ज्ञान प्रदान गर्न दुई दिवसीय पहिलो राष्ट्रिय विद्यार्थी नविनता सम्मेलनको आयोजना गरिएको छ ।
नेपाली युवा उद्यमी फोरम जनकपुर च्याप्टरको आयोजनामा जनकपुरधामको मोनाष्टिक स्कुलमा आयोजित दुई दिवसीय सम्मेलनमा जनकपुरधाम र धनुषाको महेन्द्रनगर आलावा नेपालका विभिन्न छ शहरका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको फोरम जनकपुर च्याप्टरका अध्यक्ष डा. सोनु साहले बताए ।

सो सेमिनारमा करिव ८ शहरबाट १२ विद्यालयका कुल १ सय ७० जना विद्यार्थीहरुको सहभागिता रहेको छ । चिकित्सक र ईन्जिनियर तर्फ मात्र केन्द्रित हुने पछि बेरोजगार भई विदेश पलायन भई युवाको सदुपयोग हुन नसकेको परिवेशमा कक्षा ८, ९ र १० का स्कुले किशोेर किशोरीहरुलाई केन्द्रित गरि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सो सम्मेलनमा हरेक कक्षाका छात्रछात्रालाई अवलोकनको छुट दिइएको र दोस्रो दिन सहभागिहरुले उत्पादन गरेको आफनो बस्तुहरु विक्रिका लागि सार्वजानिक समेत गरिने बताइएको छ । सो अवसरमा जनकपुरधामका उपप्रमुख किशोरी साह, नेपाली कांग्रेसका नेताहरु, फोरमको पोखरा च्याप्टरका पदाधिकारी र अगुवाहरु सहितको उपस्थिती थियो । मोनाष्टिकका विद्यार्थीहरु राष्ट्रिय गान सहित विभिन्न गितहरुमा आफना कलात्मक नृत्य प्रस्तुत गरेका थिए ।