एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेसको राजधानी जनकपुरधाम सहित विभिन्न स्थानमा मशाल जुलुश प्रदर्शन गरेको छ । आजपाले बिहिवार घोषणा गरेको मधेस बन्दको पूर्व सन्ध्यामा विभिन्न स्थानमा मशाल जुलुश प्रदर्शन गरेको हो । सोहि दिन देशको सातवटै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन पनि हुदैछ ।
बैंकले मनोमानी ढंगले लिइ रहेको ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका माग सहित आजपाले बिहिबार मधेस बन्दको आह्वान गरेको हो । आम जनताको भविश्य र देशको समृद्धिसंग खेलवाड भईरहेकाले बाध्य भएर आन्दोलित हुनु परेको आजपाले जनाएको छ । आजपाका कार्यकर्ताहरुले बुधबार विभिन्न स्थानमा मोटरसाइकल रैली समेत निकालेको थियो ।

एता सोहि पार्टीको युवा दस्ता आईटी आर्मीद्वारा बुधवार जनकपुरबाट मधेश सफाई अभियान थालनी गरेको छ । जनकपुरधामका आफना युवा दस्ता ल्याएर आईटी आर्मीले जानकी मन्दिर प्राङ्गणमा सरसफाई गर्नुका साथै युवा दस्ता सार्वजानिक गरेको छ । आईटी आर्मीले आज जनकपुरबाट सफाई अभियान शुरू गरेको बताएको छ ।

आईटी आर्मीका संयोजक चन्द्र भुषण साहले बैंकिंग लुटको विरुद्ध माघ ११ गतेको मधेश बन्दलाई सफल पार्न जनकपुर आएको आईटी आर्मीका कमाण्डरहरुले जानकी मन्दिरबाट मधेश प्रदेश सरकारको भ्रष्टाचार, बेथीति र गन्दगीलाई जसरी पनि सफा गरेर छाडने संकल्प एवं प्रतिबद्धता व्यक्त गर्दै सफाई अभियान थालिएको बताए ।
