एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २९ : जगतजननी माता जानकीको नगर जनकपुरधामको मुख्य सम्पती, घरोहर र पहिचान जानकी मन्दिरलाई ट्रष्टीकरणको अभियानका लागि एक समिति बनाइएको छ । उद्योग बाणिज्य संघ जनकपुरधाममा भएको छलफलमा जनकपुरधाम उधोग वाणिज्य संघद्वारा जानकी मन्दिरलाई ट्रष्टिकरण गर्न स्थानिय, प्रदेश र नेपाल सरकारसंग आवयश्क पहल तथा समन्वयका लागि नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा)को संयोजकत्वमा ११ सदस्सीय समिति बनाइएको छ ।

तिनै तहका सरकारहरु तथा स्थानीय युवा, व्यावसायी, राजनितिक दल, नागरिक समाज, बुद्धिजिवीहरु संग समन्वय र आवश्यक पहल गर्न समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा जितेन्द्र प्रसाद साह, सदस्यहरुमा, जितेन्द्र महासेठ, अजय कुमार गुप्ता, लक्ष्मण शाह, निरज कुमार शाह ( मुन्ना), गणेश शाह, परमेश्वर शाह, फुलगेन शाह, राजिव कुमार शाह ( चन्दन) तथा दिपिका राय छन् ।

समितिका संयोजक हिराले दबाद र प्रभावमा परेर महन्त दासले बोली फेरेको बताउदै कुरा जे भएपनि अब यो समितिले मन्दिरको चौतर्फी हितको लागि एकमात्र विकल्प ट्रष्टीकरण रहेको निश्कर्ष निकाल्दै त्यसको लागि पहल गर्ने बताउछन् । उनले जानकी मन्दिर जनकपुरधाम मात्र नभएर प्रदेश र देशकै सम्पती र धरोहरका रुपमा रहेकाले दुईजना महन्थको मात्र मिलीभगतले केहि नहुने हिराले बताए ।

संघको र्बोड बैठक बसेर छलफल गरेपछि बैठकवाटै जानकी मन्दिरको सर्वहितका लागि सो पहलहरु गर्न समिति गठन गरिएको संघका अध्यक्ष ललित कुमार साह बताउछन् । उनले निर्वतमान अध्यक्ष हिराको संयोजकत्वमा बनाइएको समितिलाई संघ सम्पुर्ण सहयोग गर्ने बताए । अध्यक्ष साहले संघको बैठकले नेपाल सरकारसंग मन्दिरलाई ट्रष्टिकरण गर्न आग्रह गर्ने निर्णय समेत गरेको बताए ।
डा. झाको भनाइ, ‘महन्तको अभिव्यक्ति सुन्दा लाज लाग्यो’

जानकी मन्दिरमा गुरुचेलाको बिबाद र महन्त रामतपेश्वर दासको आश्चर्यजन यु टर्नका विषयमा बुद्विजिवी तथा प्रदेश २ का निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले एसपी खवरसंग कुराकानी गर्दै दुःख व्यक्त गरेका छन् । महन्थको युर्टन र अभिब्यक्तिहरु लज्जास्पद रहेको डा. झाको आक्रोस छ । महन्त जस्तो व्यक्तित्व बन्दनिय र आस्थाको प्रतिक हुनुपर्नेमा महन्त दासको अभिव्यक्तीहरु आफनो स्वार्थका लागि कसैको चरित्र हत्या गर्ने सम्मको देखिाएको बताउदै डा. झाले पनि जानकी मन्दिर सुधारमा सवैको सहयोग र प्रतिवद्वता हुनुपर्ने बताउछन् ।
सन्त महन्तको बचन यसरी आश्चर्यजनक रुपमा स्खलित हुनु दुर्भाग्यपुर्ण रहेको उनको तर्क छ । डा. झाले महन्त दासको दुई दिनको अभिव्यक्ति मध्ये दुवै शंकाष्पद रहेको दावी गर्दै जनकपुरधाम मात्र होइन देशकै अस्मिता संग जोडिएको मन्दिरको आस्था बचाउन र यस्को निश्कर्ष लगाउन सवै अगाडि आउनु पर्ने बताए ।