एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : डा. सिके राउतको पार्टी जनमत मधेश सरकारवाट बाहिरएको छ । सोमवार सप्तरीको राजविराजमा प्रहरीको कुटाईवाट घाइते भएका पार्टीका मधेश संसदिय दलका नेता समेत रहेका शिक्षा मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्रीलाई भेटेर जनमतका दुई मन्त्रीले राजिनामा बुझाएका हुन ।
आजै साँझ केहि वेर आगाडि मात्र मुख्यमन्त्री सरोज कुमार यादवलाई जनमतका मन्त्रीद्वय महेश प्रसाद यादव र चन्दन सिंहले राजिनामा पेश गरेका हुन । यस अघि समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बझाइएको जनमत सरकारवाट बाहिर भएको जानकारी गराउन मुख्यमन्त्रीसंग समय माग गरेको थियो ।

पार्टीवाट यादव शिक्षा तथा संस्कृतीका साथै श्रम तथा यातायात मन्त्री पार्टी महासचिव चन्दन सिंह थिए । सो अवसरमा प्रदेश सांसद संजय यादव, शम्भु साह, पार्टी सचिव बिपी साह समित उपस्थित रहेका थिए । मधेश सरकारमा जनमतको १३ सांसद रहेको छ । जनमत बाहिरए पनि गठबन्धनको मधेश सरकार ढल्ने जोड घटाउ भने तत्कालै देखिदैन ।