एसपी रिपोर्टर
जनकपुरधाम, माघ १ :
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८मा रहेको जनजाती कल्याण आश्रम नेपाल जनक छात्रावासको विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसरमा छात्रावासमा माघे संक्रान्ति पर्वको आयोजन समेत गरियो । सो अवसरमा सहभागीहरुलाई खिचडी खुवाइएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा सहभागीहरुले बच्चैदेखि विद्यार्थीहरुलाई आफ्नो संस्कृति तथा संस्कारको विषयमा ज्ञान दिनुपर्नेमा जोड दिएका थिए ।
विश्व हिन्दु परिषदको मधेस प्रदेश सदस्य सत्यनारायण ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामअशिष यादव, दीपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह, समाजसेवी पवन सिंघानिया लगायतका व्यक्तित्वहरुले बोलेका थिए । वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले धर्म संस्कृतिसंग जोडिएका नृत्य तथा संगित प्रस्तुत गरेका थिए ।