एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेसको नेतृत्वमा जारी भएको संघिय संविधानमा रहेको उपलब्धीहरुको रक्षा गर्ने अभिभारा नेपाली कांग्रेसकै स्वभाविक हुने भएकाले चनाखो भएर बस्नुपर्ने बताएका छन् । धनुषा क्षेत्र ३.(१) प्रदेश स्तरीय समसामयिक राजनीति विषय माथी चर्चा तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पुर्व उपसभापति निधीले संघियता काम नलाग्ने भयो भन्ने कुराको प्रचार हुन थालेको भएपनि यो गुमेको खण्डमा मधेश बर्बाद हुने बताए ।
हाल सम्मको उपलब्धी बचाउने र वाँकी अधिकार लडेर लिने कामका लागि कांग्रेस एककृत हुन आवश्यक रहेको उनको तर्क थियो । जनकपुरधाम सहित मधेशका केन्द्रहरुको विकासमा कांग्रेस नयाँ किशिमबाट अगाडि बढनु पर्ने उनले बताए । सो अवसरमा प्रदेश सांसद रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पजियार सहितका नेता कार्यक्रमहरुले वर्तमान राजनिति गतिविधीको समिक्षा गर्दै नेता कार्यक्रताहरुका लागि विभिन्न निर्देशन दिएका थिए ।