एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : नेकपा एमालेका सचिव रघुविर महासेठले जनकपुरधामको युवा क्लवहरु राजनितिवाट टाढा रहनुपर्ने बताएका छन् । श्री महावीर युवा कमिटिको ३३ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित श्री महावीर सप्ताह–२०८० को समापन समारोहलाई सम्बोधन गर्दै पुर्व उपप्रधान र हाल प्रतिनिधि सभा सदस्य समेत रहेका महासेठले युवा क्लवहरु राजनितीलाई क्लवको कार्यालय वाहिर नछोडे कहिल्यै सफल हुन नसक्ने बताए ।
यो नेता बोलाउने त्यो नेता नबोलाउने यो हुन भएन, उनले भने, ‘समाजिक सुधार, विकास र हितका लागि गठन भएका युवा क्लवहरु राजनिति र नेताको पछाडि लागे क्लव भन्दा पनि पार्टीको भातृसंगठन जस्तै हुने बताए । कार्यक्रममा नेतृ तथा प्रतिनिधीसभा सदस्य जुली महतोले जनकपुरधामको जानकी मन्दिर सहित समग्र विकास आवयश्क रुपमा हुन नसकेको बताइन् ।
उनले कस्तो जनकपुर चाहिने ? भन्ने समेत एकिन हुन नसकेको, जावो फोहर व्यवस्थापन हुन नसकेको बताइन् । सो अवसरमा प्रदेश सांसद दिपेन्द्र ठाकुर, जनकपुरधाम मेयरका एमालेवाट प्रत्यासी शिव शंकर साह हिरा सहितकाले सम्बोधन गरेका थिए । सो अवसरमा श्री महावीर युवा कमिटिको ३३ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित श्री महावीर सप्ताह–२०८० को अवसरमा भएको वकतृत्वकला प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने क्रमश संकटमोचन मावि, ज्ञानकुप स्कुल र मोनाष्टिक स्कुलका छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।
साथै सो अवसरमा सगरमाथा आरोहनका क्रममा वेपत्ता रहेका जनकपुरधामका साइकल यात्री रञ्जित साहको आमालाई सम्मान गरिएको छ भने कमिटिका अध्यक्ष अजय गुप्ताले शहिद पत्रकार उमा सिंहको नाममा पत्रकारिता पुरस्कारको घोषणा समेत गरेका छन् ।