एसपी रिपोर्टर
काठमाण्डौं, पुष १६ : केहि दिन अगाडि देशमा भन्दा पनि देश बाहिरै भएपनि सुरक्षित रोजगारीको मांग गर्ने दुई युवालाई गोली ठोकेर मारेको राज्य केहि दर्जन धोतीवालाहरु शान्तिपुर्ण रयाली गर्दा पनि तर्सिन थालेका छन् । टोपी दिवसकै दिन जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा काठमाण्डौंमा निकालिएको धोती दिवस रयालीमा प्रहरीले हस्तक्षेप गर्दै डा. राउत, वाहालबाला आफनै मन्त्री परिषदका मन्त्री सहित एक सय जनालाई पक्राउ गरेको छ ।
जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवका अनुसार संघिय प्रशासन मामिला मन्त्री अनिता साह, स्वयंम आफु, सचिव विपी साह, पुर्वमन्त्री सहित एकसय जनालाई प्रहरीले पक्राउ गरि बन्दी बनाएको छ ।
शान्तिपुर्ण रयालीमा प्रहरीको हस्तक्षेप खेदजनक रहेको बताउदै उनले मधेशीलाई पुनः दबाएर, मुखबन्द गरेर राख्ने योजना तहत घटना भएको भन्दै जनमत पार्टी चरमवद्व आन्दोलनमा जाने बताए ।
केहि दर्जन मात्र धोती लगाएका शान्तिपुर्ण प्रदर्शनकारी उपर पनि भएको प्रहरी हस्तक्षेपलाई विभिन्न नजरवाट टिप्पनी गरिदैछ । कतिपयले यसलाई मधेशी उपरको सदियौ देखिको विभेद भनेका छन भने कतिपयले प्रचण्ड सरकार त्रसित रहेको बताइरहेका छन् ।
एता पक्राउ पारिएको विरोधमा जनमत पार्टीका नेता कार्यक्रताहरु जिल्ला जिल्लामा विरोधमा उत्रेका छन् । धनुषाका नेता कार्यक्रताहरु डा. राउत सहितको पक्राउको विरोधमा जनकपुरधामको रामानन्दचौकमा टायर बालेर सडक अवरुद्व गर्दै प्रदर्शन गरेका छन् । जिल्ला संयोजक सुरेन्द्र मण्डलको अगुवाईमा भएको प्रदर्शनमा युवा नेता विरेन्द्र यादव सहितको सक्रिय सहभागिता रहेको छ ।