एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : धनुषा सबैलाकी छोरी उपन्यासकार ‘स्मृती रविन्द्रा’ले खेलेको चर्चित उपन्यास पुस्तक ‘द वुमन हु क्लाईम्ड ट्रिज’ नोवेलको मधेशको राजधानी जनकपुरधाममा पनि लोकापर्ण गरिएको छ । भारत सहित अमेरिका, ब्रिटिश लगायतका अन्तराष्ट्रिय स्तरमा समेत ख्याती कमाई सकेको यस पुस्तकको एक कार्यक्रमका बिच जनकपुरधामका विद्वानहरुका बिच सार्वजानिक गरिएको छ ।
उनको यस उपन्यासमा भारत संगको रोटी बेटीको सम्बन्ध, यहाँको विहेवारीको चलन, संस्कार र रितिरिवाज, मधेशी नेपालमा दिइने काले धोतीको संज्ञा देखि हाम्रो संस्कृती, परम्परा, समाजिकता र नेपाल–मधेश–भारत सहितका प्रसंग दर्शाइएको छ । एति मात्र होइन मधेशमा भारतिय प्रधानमन्त्रीहरु आउँदा पार्ने प्रभाव देखि समिलिङ्गीका कुरा, महिला बिचको कटुता, मधेश र मिथिलामा हजुरआमा÷आमाहरुले सुनाउने कथा र त्यसको ज्ञानमा प्रभाव सहितका सन्दर्भ प्रस्तुत गरिएको छ ।
नेपाल मधेश फाउन्डेशनको आयोजनामा लेखक उपन्यासकार स्मृती संग शनिवार जनकपुरधाममा आयोजित साक्षात्कार कार्यक्रममा लेखक स्मृतीले अंग्रेजी, हिन्दी, मराठी सहितका भाषामा अनुवाद भइसकेको उपन्यासलाई आफु नेपाली र मैथिलीमा पनि हेर्न चाहेको भन्दै इच्छुकहरुले आफुसंग सम्पर्क गर्न सक्ने बताए । मिथिला र मधेशलाई आफु कहिल्यै बिर्सन नसक्ने भन्दै स्मृतीले आफना अभिभावकरुपी यहाँका विज्ञ विद्वानहरुले उपन्यास प्रति देखाउनु भएको सदासयता र गर्नुभएको आर्शिवादरुपी प्रतिक्रियाका लागि धन्यवाद दिइन् ।
उनको यो रचना नोवेल र्फस्ट क्लाश स्तरको रहेको बताइन्छ । मधेश र मिथिलाकी चेलीले अंग्रेजीमा नोवेल लेख्नु र अन्तराष्ट्रिय करण हुनु गौरवको विषय रहेको भन्दै सो अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए । बिश्व प्रख्यात हार्परकोलिन्सको प्रकाशन रहेको उनको यो उपन्यासको भारत मुख्य सञ्चार माध्यमका साथै बिश्वस्तरका मिडिया र छापा माध्यमहरुले रिभ्यु छापिसकेको छ भने ब्रिटिश र अमेरिका सहिता अनेकन देशहरुको राजदुतावासले अनलाइन समिक्षा समेत गरिसकेको नेपाल मधेश फाउन्डेशनका नित्यानन्द मण्डलले बताए ।
सो अवसरमा जनकपुरधामका अगुवा र विद्वानहरु डा. विजय कुमार सिंह, रोशन जनकपुरी, सितल झा, प्रदेश सांसद रामअशिष यादव, परमेश्पर कापडि, प्रा.बालकेश्वर ठाकुर सहितकाले समिक्षा गर्नुका साथै शुभकामना र प्रोत्साहन मन्तब्य व्यक्त गरेका थिए ।
उपन्यासकार स्मृतीकी पिता सिए चन्द्रशेखर जयसवालले उनको बाल्यकाल देखिको प्रतिभा र साहित्य प्रतिको रुची बारे जानकारी गराउदै आफना सन्तान माथी दबाब नदिन र उनीहरुले रुचाएको इच्छाएकै विषयमा भविष्य खोज्न दिनुपर्ने अभिभावकहरुलाई सुझाव दिए ।