एसपी रिपोर्टर
कपिलवस्तु, पुष १४ : पूर्वराजा ज्ञानेन्द्र शाहले आफनो उत्तराधिकारीको रुपमा नाती हिरेन्द्र शाहलाई सार्वजानिक गर्न थालेका छन् । यसै क्रममा उनले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण मात्रै गरेनन नातीलाई आफना छेउकै बिशाल कुर्सीमा बसाएर आमसभा पनि गरे ।
यस संगै पुर्वराजा शाह आफना उत्तराधिकारीका रुपमा आफना नाती हिरेन्द्रलाई औपचारिक रुपमा अगाडि सार्दै आफना गतिविधी बाक्लो गर्न थालेको संकेत गरेका छन् । खरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण गरेका थिए ।
पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए । पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए । कार्यक्रममा स्थानियले राजतन्त्रको पक्षमा नारा लगाएका थिए । शिवराज नगरपालिकाका मेयर अजय थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए ।
शिवराज नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।