एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : कांग्रेसका नेता तथा पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले संघियता सहित अहिलेका उपलब्धीहरुको रक्षा गर्ने अभिभारा मधेशकै भएकाले जाग्नु पर्ने बताएका छन् । धनुषाको मुखियापट्टी मुसहरनियामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य निधीले भने, ‘जस्ले परिवर्तण र उपलब्धी ल्याएको हो रक्षा अधिकार पनि उनैको हुन्छ ।’
संघियता कार्यान्वयका कुनै पनि काम, कानुन र कर्म नगरि संघियतालाई बदनाम गर्दै पुनः देशलाई पछाड धकेल्न शक्तिहरु लागेकाले मधेशका जनता सचेत हुन आवयश्क रहेको उनको तर्क थियो । उनले भने, ‘जनतालाई जुन सपना देखाइएको थियो त्यो पुरा हुन नदिन विभिन्न बाहानावाजी भइरहेको कुरा बुझन जरुरी छ ।’
मधेशका युवाहरु नयाँ हावा र हल्लामा पर्न नहुने भन्दै उनले अथक प्रयास पछि पाएको नजिदकका सरकारहरु सवल बनाउन लाग्नु पर्ने बताए । सो कार्यक्रममा प्रदेश सांसद तथा मधेश सरकारका पुर्व मन्त्री रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पजियार सहित क्षेत्रीय सभापति र नेता कार्यक्रताहरुको उपस्थिती थियो ।