एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : अपर हाउस भनेर चिनिने राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेस धनुषाले छ जनाको नाम सिफारिस गरेको छ । मंगलवार बसेको धनुषा कार्य सम्पादन समितिको बैठकबाट सर्वसम्मत छ जनाको नाम सिफारिस भएको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मधेश प्रदेशमा खाली हुन गइरहेको राष्ट्रियसभा सदस्यको दुई सिटका लागि धनुषा कांग्रेसले सिफारिस गरेको छ जनामा धनुषाका पुर्व सभापति महेश शंकर गिरी, राजकिशोर सिंह, राम पल्टन साह, तुल्सा आर्चाय, बासुलाल महतो र अनिता श्रीवास्तव रहेका छन् । यि नामहरु प्रदेश समितिमा सिफारिस भएको हो ।