एसपी रिपोर्टर
जनकपुरधाम, पुष १० : जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले अयोध्यामा निर्माण भएको मन्दिरमा भगवान श्री रामको ससुरालीको प्रतिनिधित्व गर्र्दै घरवास विधीमा उपहार सहितको भार पुग्नु जनकपुरधामवासीकै लागि शौभाग्यको विषय हुने बताएका छन् । यो मात्र जानकी मन्दिरको विषय होइन, उनले भने, ‘सम्पुर्ण जनकपुरधाम र मिथिलाञ्चल क्षेत्रको प्रतिनिधित्व हुने काममा आफनो व्यक्तिगत इगो ठिक विषय होइन ।’
बिश्व हिन्दु परिषदका स्थानिय पदाधिकारीहरु, जनकपुरधामका मेयर सहित यहाँका अगुवाहरुलाई राखेर मंगलवार मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गर्दै सहायक महन्त रामरोशन दासले बिश्व हिन्दु परिषदको समन्वयमा यो पवित्र काम हुन गइरहेकाले शंका गर्नुपर्ने ठाँउनै नरहेको बताए ।’
हेर्नोस भिडियो
भावुक हुदै उनले बनेको मन्दिर भगवान श्री रामको मात्र नभई हाम्रो किशोरी जुको पनि मन्दिररुपी नयाँ घर रहेको भन्दै भने, ‘यस्मा आधिकारिकता, यो र त्यो किन खोज्ने ? यो त पौरानिक नियम, निष्ठा हो ।’ मेरो लागि उपहार लिएर आउनोस कसैले भनेपछि कहि कतै जाने हो ? प्रश्न गर्दै उनले भने ‘हामि आइरहेको सुन्दा त्याहाँका साधुसन्त र धार्मिक क्षेत्र भावविहोर छ ।’ उनले जानकी मन्दिरलाई विवादित देखाउने किशिमको सुचना सम्प्रेशन नर्गन आग्रह गरे ।
जनकपुरधामका मेयर मनोज कुमार साहले २ सय ५१ जनाको टिमलाई आधा घण्टाको समय प्रदान भएको र सासुर पक्ष मिथिला क्षेत्रवाट पाहुर भार आइरहेको खवरले अयोध्यामा खुसी छाएको खवर आफुहरुले पाएको बताए । उनले जानकी मन्दिरलाई विवादित गर्ने काम गर्न नहुने बताए ।