एसपी रिपोर्टर
जनकपुरधाम, पुस ७ :
नेपाल भारतबिच वित्तिय क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले नेपाल बिएफएसआई २०२३ सम्मेलनको आयोजना गरिएको छ ।
नेपाल बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री भारत नेपाल केन्द्रले नेपाल बिएपएसआई सम्मेलनको दोस्रो संस्करणको आयोजना गरेको हो । बैंकिङ आविष्कारहरूमा उत्कृष्ट अभ्यासहरू साझा गर्ने र वित्तीय क्षेत्रमा सहयोग र सहकार्यका क्षेत्रहरू अन्वेषण गर्ने र दुई देशबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै उदयमान क्षेत्रीय र उपक्षेत्रीय सहयोगका अवसरहरूको खोजी गर्ने लक्ष्य सहित शिखर सम्मेलनको आयोजना गरिएको थियो ।
नेपालको अर्थतन्त्रले तरलता, भुक्तानी सन्तुलन (बीओपी), घट्दो माग, आयात र निर्यात दुवैमा आएको ह्रास, औपचारिक क्षेत्रमा न्यून रोजगारी सृजना, बसाइँसराइको उच्च दर, सक्रिय नीतिगत उपायको अभाव जस्ता महत्वपूर्ण क्षेत्रमा चुनौती सामना गरिरहेको अवस्थामा त्यसमा सुधार ल्याउनका लागि अबलम्बन गर्न सकिने उपायको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महत प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । नेपालका लागि भारतीय राजदूत राजदूत नवीन श्रीवास्तव, नेवाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका व्यक्तित्वले बोलेका थिए ।