नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशको जनताको अपेक्षा अनुसार कांग्रेस अगाडि बढने बताएका छन् । नेपाली कांग्रेसको पहिलो मधेश प्रदेश सम्मेलनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै दुई मिनेट मात्र बोलेका पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले देशको हरेक राजनितिक सन्दर्भ र परिवर्तणको अभिभावक र रक्षक दुवै कांग्रेसनै बन्नु परेको कुरालाई आफुहरु राम्ररी बुझेको भन्दै जथाभावीको कुरामा नलाग्न नेता कार्यक्रतालाई आग्रह गरेका छन् ।
उनले कांग्रेसको हरेक प्रयासमा मधेश साथमै रहेकाले अव पनि रहने बिश्वास व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापितद्वय पुर्ण बहादुर खडका र धनराज गुरुङ्गले मधेशले कांग्रेसलाई हमेसा साथ दिएकाले कांग्रेसले पनि मधेश बुझन आवयश्क रहेको जनताको भावना सहि रहेको बताए ।
महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले अव कांग्रेस छाता र साइकल बोक्न र गुडाउन नसक्ने भन्दै एक्लै अगाडि बढनुको विकल्प नरहेको बताए । मधेशको जनताले उत्साह देखेर कांग्रेस गठबन्धन र भागबण्डा गर्ने पार्टी नरहेको सावित भएकाले अव मधेशमा कांग्रेसलाई रोक्न नसकिने बताए ।
कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले पार्टीमा एकता र सहिष्णुताको आवश्यकता औँल्याएका छन् । कार्यक्रममा उनले मधेसमा कांग्रेस बलियो हुँदा मात्र देशमै नेपाली कांग्रेस बलियो हुने बताए । त्यसै गरि पार्टी मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले साना दलको पिछलग्गु भएर आफुहरु बस्न नसक्ने भन्दै एक्लै काम गर्न र जनतामा पुग्ने वातावरण निर्माणका लागि नेतृत्वलाई आग्रह गरे । उनले मधेशमा एक्लै बहुमत ल्याएर केन्द्रिय सरकार बनाउने शक्ति दिन आफुहरु सक्षम रहेको पनि दावी गरे ।
भोली सम्म चल्ने सम्मेलनको समुदघाटनमा सहमहामन्त्री महेन्द्र यादवले शेरबहादुर देउवा मजबुत भए मात्र कांग्रेस मजबुत हुने र तब मात्र मधेशको हित हुने बताए । उनले कांग्रेसको अभिभावक कमजोर भएर कांग्रेस केहि गर्न नसक्ने कुरा पनि गम्भिरतापुर्वक सोच्नुपर्ने बताए ।
सो अवसरमा अन्य सहमहामन्त्रीहरु, केन्द्रिय सदस्यहरु, विभिन्न प्रदेशका सभापतिहरु मधेश उपसभापति विरेन्द्र सिंह, सहितकाले समेत सम्बोधन गरेका थिए भने कांग्रेसको मुखपत्रको मधेश संस्करणको सभापति देउवा सहितका शिर्षनेताहरु सामुहिक रुपमा लोकापर्ण गरेका थिए । भोली हुने बन्दसत्रले मधेशमा आफनै नेतृत्वमा सरकार सहित प्रदेश बारे कांग्रेस ठोस निश्कर्षमा पुग्ने बताइएको छ ।