एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ : जनकपुरधाममा जारी दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप क्वाटर फाइनलको चरणमा प्रवेश गरेको छ । आठौ दिन बुधवार भएको दुई क्वाटर फाइनलमा क्रमस मिट स्कुल र सिद्वार्थ शिशु सदन जित निकाल्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । बुधवार विहान भएको पहिलो क्वाटर फाइनलमा ओम आरसीएसलाई ५१ रनले हराउदै मिट स्कुल र दोस्रो खेलमा धनुषा पब्लिक स्कुललाई ४७ रनले हराउदै सिद्वार्थ सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओम आरसीएस विरुद्व टस जितेर ब्याटिङ्ग थालेको मिटले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १ सय ४० रन बनाएको थियो । प्रतिउतरमा ब्याटिङ्ग गर्न आएको ओम आरसीएस १४.३ ओभरमा सबै विकेट गुमाउदै मात्र ९० रनमा सिमित भएपछि मिट सेमिफाइनल पुगेको हो ।

दोस्रो खेलमा सिद्वार्थले पनि टस जितेर ब्याटिङ्गको फैसला गर्दै २० सबै ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ७१ रनको सम्मानजनक योगफल तयार पा¥यो । जवाफी ब्याटिङ्ग थालेको धनुषा पब्लिक स्कुल २० ओभर सबै त खेल्यो तर ९ विकेट गुमाएर १ सय २५ रन मात्र जोडन सक्दा सिद्वार्थले बाजी मारेको हो ।

निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एनप्याबसनको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा सुरु भएको प्रतियोगिता आगामी पुस ७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने छ ।