एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ : नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले विहिवार र शुक्रवार हुन गइरहेको पार्टीको पहिलो मधेश सम्मेलनले संघियतामा हिम्मत थप्ने बताएका छन् । मधेश सम्मेलनको पुर्वसन्ध्यामा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो सम्मेलन पार्टीको मधेशमा उपस्थिती दर्शाउने देखि संघियता र गणतन्त्रलाई थप बल प्रदान गर्ने छ ।’
हेर्नोस भिडियो समाचार
मधेश प्रदेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री समेत रहेका सभापति यादवले सम्मेलनमा पार्टी सभापति, दुवै उपसभापति, दुवै महामन्त्री सहित मन्त्री र शिर्षनेताहरुको सहभागिता रहने जनाएको छ । उनले कांग्रेसको नेतृत्व बिना देश मात्र नभई मधेश पनि अगाडि बढन नसक्ने स्थितीको सृजना भएकाले त्यस सम्बन्धमा समेत सम्मेलनले ठोस निश्कर्ष निकाल्ने बताए । उनले सम्मेलनले समग्रमा मधेश प्रदेशको भविष्य निर्धारण गर्ने बताएका छन् ।
कांग्रेस विधानले चल्ने पार्टी भएकाले कुनै कसैको लागि विधान मिच्दा अन्य धेरै असन्तुष्ट हुने भएकाले सम्मेलन सबैको भएकाले सक्रिय सहभागिताका लागि उनले सबैलाई आग्रह गरे । त्यसअघि पार्टी मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले बुधवारको बैठकमा भएको चारवटा निर्णयहरु बारे जानकारी गराएका थिए । हेर्नोस बैठकको निर्णय सम्बन्धि विज्ञप्ती
पत्रकार सम्मेलनमा पार्टी मधेशका उपसभापति तथा मधेश सरकारका मन्त्री विरेन्द्र सिंह, कोषाध्यक्ष प्रदिप यादव, नेता तथा पुर्व मन्त्री राम सरोज यादव सहितका नेताहरुको उपस्थिती थियो ।