एसपी रिपोर्टर
जनकपुरधाम, पुस ३ :
राम जानकी विवाह भएको चौथो दिनमा मंगलबार चतुर्थीको भार जानकी मन्दिर पठाइएको छ । मिथिलाञ्चलमा विवाह भएको चौथो दिनमा बेहुलाको घरबाट बेहुलीको घरमा भार पठाउने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार जनकपुरधामस्थित राम मन्दिरबाट जानकी मन्दिरमा भार पठाइएको छ । राम मन्दिरबाट गएको भारबाटै बुधबार चतुर्थीको विधि गरिने छ ।
राम मन्दिरका महन्थ राम गिरीको अगुवाईमा १ सय २५ भार जानकी मन्दिर पठाइएको हो । भारमा विभिन्न प्रकारका अन्न, मिठाई, कपडा लगायतका सामाग्री भारमा पठाइएको हो ।
भार पठाउन महावीर युवा कमिटी तथा श्रीराम युवा कमिटीले तदारुकता देखाएको थियो ।