एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ : तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले महोतरीमा सशस्त्र प्रहरी बलका असई थमन विक मारिएको घटना मुद्दामा मधेशवादी दलका नेता कार्यक्रताहरुलाई सुनाइएको जन्मकैदको फैसला अन्यायपुर्ण रहेको बताएको छ । पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले एक प्रेस विज्ञप्ती जारी गर्दै फैसलाले मधेश तथा थरुहट आन्दोलनमा सहभागिहरुलाई प्रताडित र दण्डित गरिरहने एकल जातिय उग्रराष्ट्रवादका पृष्ठपोषकहरुको दमनकारी नितिको निरन्तरता मात्र रहेको बताएको छ ।
हेर्नोस तमलोपाको विज्ञप्ती