एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ : जसपा नेता तथा समाजसेवी गंगाराम यादवले धनुषाको हँसपुरको टिल्ही स्थित तपसी बाबाको स्थानमा भण्डाराको आयोजना गरि साधुसन्त र स्थानियहरु संग भलाकुसारी गरेका छन् । समाजको कल्याणका लागि तपसी बाबाले गरेका तपस्या र योगदानको स्मरण तथा वहाँको योगदान र महिमा स्थानियमा पुर्नताजा गर्न भण्डाराको आयोजना गरिएको यादवले बताए ।
नेपालका पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व प्रधानमन्त्री केपि शर्मा ओली र झलनाथ खनाल सम्मको व्यक्तित्वहरु समेत पुगेर दर्शन गरेको तपसी बाबा स्थानको संरक्षण, विकास र प्रचार प्रसारका लागि क्रियाशिल रहने यादव भण्डारामा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका पुर्वमेयर बजरंग प्रसाद साह, प्रहरी प्रमुखहरु सहितकालाई समेत बोलाएका थिए ।
आगन्तुकहरुलाई तपसीबाबाको महिमा स्मरण गराउदै उनले साधुसन्तहरुलाई जाडोमा न्यानो कपडा कम्वल –बल्यांकेट) समेत वितरण गरेको छ । स्तरीय १ सय ५१ बल्यांकेट सहयोग गरिएको यादवले बताए । ‘म जे छु तपसीबाबाकै कृपा र आर्शिवादले आज यहाँ सम्म आएको छु, समय समयमा यसरी यहाँ आएर सेवा गर्न पाँउदा आत्मसन्तुष्टि मात्र हुदैन पुर्खयौली गाँउवासीहरु संग साक्षात्कार हुन्छ, धेरै खुसी लाग्छ,’ उनले भने ।