एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २६ : जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्ृदयेश त्रिपाठीले छापामार शैलीमा संविधान बनाइएकाले देश बर्बादि तर्फ उन्मुख भएको बताएका छन् । धनुषामा पत्रकारहरुसंगको भेटघाटमा पुर्व मन्त्री त्रिपाठीले छापामार शैलीमा संविधान बनाइएको र राम्रो संघियता भन्दा पनि खराव संघियता देखाउने व्यवहार प्रदर्शन भइरहेकाले जनतामा आक्रोस बढ्न थालेको बताएका छन् ।
संघियता लागु गर्ने कुनै पनि व्यवहारिक काम भइरहको छैन उनले भने, ‘सहि संघियता नआएर विकृत संघियता आएकाले विकृत संघियताको विरोध भइरहेको छ ।’ स्थानिय तहका मेयरसंग नगरप्रहरी छ शान छ तर प्रदेश सरकार संग प्रहरी प्रशासन छैन, राज्यको पुर्नसंरचनाको कुरा गरियो तर भगौलीक पुर्नसंरचना मात्र भयो, व्यवस्थापिका, कार्यपालिका त्यसको अधिकारको पुर्नसंरचना भएन अनि कसरी हुन्छ ? उनको प्रश्न छ ।

अहिले प्रत्यक्ष निर्वाचनमा बहुमत आएपनि समानुपातिकका कारण कसैले पनि बहुमतको सरकार बनाउन सक्े सम्भावना नरहेको र सहमती तथा सहकार्यको वातावरण भन्दा पनि खिचातानी भइरहेकाले देशमा समस्याहरु उत्पन्न भएको उनको तर्क छ । निजामतीमा प्राविधिक कम र प्रशासनिक कर्मचारी र मानसिकता भएका अत्याधिक जनशक्ति छ जोकि ७० प्रतिशत बढि र अनावश्यक रहेको भन्दै उनले पञ्चायतकालिन मानसिकतावाला कर्मचारी संघियता बचाउने काम कसरी गर्छ ? प्रश्न गरे ।
अहिलेकै प्रयासले अर्थतन्त्र सुर्धान ग्राहो रहेका तर्क गर्दै उनले स्थानिय तहमा व्यापक भ्रष्टाचार र बेरुजु भएपनि खोजविन गर्ने र बेरुजु माथी पनि छलफल गर्ने निकाय नरहेको बताए ।