एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २३ : नेपालमा भारत विरुद्वको गतिविधीले प्रसय पाउनु र चिन तथा अमेरिकाको हस्तक्षेप बढनु स्वभाविक रुपमा भारतको लागि उत्सुकताको विषय बन्छ नै । सदियौ देखिकौ पारिवारिक, धार्मिक, सांस्कृतीक र एतिहाँसिक सम्बन्ध रहेको नेपाली भुमिमा आफु विरुद्वको गतिविधीले प्रसय पाइरहेको कुरा भारतलाई झस्काइ रहेको छ ।
गत सप्ताह भएको नेपाली पत्रकारहरुको भारत भ्रमणमा यो विषयले प्राथमिकता पायो । नेपाली टोलीहरु समक्ष भारतिय विज्ञ र कुटनितिज्ञहरुले यस्ता जिज्ञासाहरु राखेका थिए । स्वामी विवेकानन्द फाउन्डेशनमा १६ जना नेपाली टोली र त्यहाँका एक से एक कुटनितिज्ञ, पुर्व सुरक्षा निकायका प्रमुखहरु र पुर्वराजदुतहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा यस्ता जिज्ञासा प्राथमिकतामा देखिए ।
नेपाली टोलीको जवाफ थियो, ‘कमजोर राष्ट्रमा अरुले खेल्न चाहनु, प्रभाव बढाउन खोज्नु स्वभाविक हो, नेपाललाई जस्ले सहयोग गर्छ नेपाल हुदैन भन्न मिल्दैन, तर तपाई बलियो मित्र भारत कसरी यस सवालमा पछाडि पर्दै जानुभएको छ ? सबै भन्दा पहिला आफैमा गहन समिक्षा गर्नोस ।’ नेपालमा पछिल्ला समय विभिन्न राष्ट्रहरुको बोलबाला बढनु नेपाल भन्दा पनि भारतका लागि समस्या हुन सक्ने भएकाले भारत गम्भिर हुन पर्ने भनाई नेपाली टोलीको थियो ।
चिन, अमेरिका सहितका देश नेपालको विभिन्न क्षेत्रमा लगानी बढाएको छ, प्रभावकारी निकायहरुमा सम्बन्ध स्थापित गर्दै गएको छ तर भारत परम्परागत हिसावले नै चलिरहेकाले समस्या भइरहेको पत्रकारहरुले बताएका थिए । तपाईहरु एम्बुलेन्स र स्कुल बस वितरण गर्नु हुन्छ, कुनै संस्थालाई दिनु हुन्छ, उस्ले आफनो तरिकाले ति सेवाको प्रयोग गर्छन, जनताले यो सहयोग भारतकै हो भन्ने आभाष गर्न नसकिरहेको टोलीको गुनासो थियो ।
भारतको विरोध गरेर नेपालमा ठुला नेता बन्न सकिने परम्परा, त्यस्ता नेताहरुको राष्ट्रिय मिडियामा प्राथमिकता, अध्याधिक कभरेज र प्रभाव कसरी बढदै गएको छ ? भारतले समिक्षा गर्न आवश्यक रहेको निश्कर्ष बैठकको थियो । ठुला मिडियाहरुमा भारत भन्दा अन्य देशको प्रभाव र व्यक्तिको पहुँच रहेको पनि नेपाली टोलीले ध्यानाकर्षण गराएपछि भारतिय पक्ष चिन्तित बनेका थिए । मधेशका पत्रकारहरुले मधेशको पत्रकारिता अझै पनि भारत मैत्री रहेको भएपनि भारतले मधेश भन्दा काठमाण्डौंकै पत्रकारिता र अगुवाहरुलाई प्राथमिकतामा राख्ने गरेको गुनासो पोखेका थिए ।
नेपालीहरुका लागि सपना जस्तै रहेको चिन, अमेरिका, अष्ट्रेलिया, क्यानडा सहितका देशमा अचेल नेपाली युवाहरु पढन, कामगर्न र घुम्न सजिलै जान पाइरहेको तर सदियौ देखिको खुल्ला बोर्डर र आवतजावतमा भारतिय सिमामा कडाई भइरहेको गतिविधी पनि त्यसको मुख्य एक कारण रहेको नेपाली टोलीको निश्कर्ष थियो ।
यस्का साथै नेपाली टोली भारतको राजधानी दिल्ली स्थित विदेश मन्त्रालय, उद्योग तथा बाणिज्य मन्त्रालयको पिएम गतिशक्ति मास्टर प्लान, जलशक्ति मन्त्रालयको नमानी गंगे परियोजना, एिम म्युजिएम, राजघाट सहितका स्थलहरु पुगेर अवलोकन गरेका थिए । नेपाली टोलीमा धनुषाका ४, महोतरीका १, पर्साका ४ र काठमाण्डौमा कार्यरत देशका पहाडि क्षेत्रका ७ जना युवा पत्रकार तथा अगुवाहरुको सहभागिता थियो ।
भारतिय दुतावासको प्राविधिक सहयोग र स्वतन्त्र युवा प्रजातान्त्रिक संघको अगुवाईमा अवका मुख्य चुनौती जलस्रोतको सदुपयोग, भारतको विकास र नेपाल संगको सम्बन्ध विस्तारका विषयमा भारत भ्रमणको व्यवस्थापन गरिएको थियो ।