एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २२ : शिक्षा र बालअधिकारको क्षेत्रमा काम गर्ने आसमान नेपाल नामक गैर सरकारी संस्थाले बालश्रम न्युनिकरण र विद्यालयमा बालबालिकाको पहुँचका लागि पत्रकारहरुको भुमिकाको खोजी गरेको छ । जनकपुरधाममा पत्रकाहरु संग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकोमा देश र मधेशमा बालश्रमको भयावह अवस्था चित्रण गरिएको छ ।
आसमानको सर्बेक्षण अनुसार नेपालको बालबालिकाको कुल जनसंख्याको १५ प्रतिशत अर्थात ११ लाख बालबालिका अझै श्रमिकको रुपमा कार्यरत छन् भने मधेशमा बालश्रमको अवस्था जटिल छ । मधेशमा ५ देखि १७ वर्ष उमेर समुहका कुल १४ लाख ९८ हजार बालबालिका मध्ये ११.५१ प्रतिशत अर्थात १ लाख ७२ हजार बालबालिका श्रममा संलग्न छन् ।
१ लाख ७२ हजारमा १ लाख २७ हजार १३ वर्ष मुनिका रहेको र ४५ हजार १३ देखि १७ वर्ष उमेर समुहका बालश्रमिक रहेको तथ्याङकमा उल्लेख छ । ति श्रमिकहरुमा ८८ हजार बालक र ८५ हजार बालिकाहरु श्रममा संलग्न छन् । कार्यक्रममा पत्रकारहरुले सञ्चारजगतले बालश्रम, विद्यालयमा विद्यार्थीहरुको कम पहुँचको विषयमा पटक पटक आवाज उठाएपनि तिनै तहको सरकार र सम्बन्धित निकाय चासो नलिदा समस्या यथावत रहेको बताए ।
सञ्चारकर्मीको भुमिका खोजिन्छ, पत्रकारहरुले भने, ‘कुन यस्तो दिन छैन जस्मा एउटा बालश्रम र त्यससंग सम्बन्धित समाचार आउदैन ? तर खोइ त समाधान ? ।’ आसमान नेपालका तर्फबाट दिपेन्द्र कुमार तिवारी र गंगा सुवेदीले बालश्रमको अवस्था बारे प्रकाश पार्दै तत विषयमा थप कलम चलाई दिन पत्रकाहरुलाई आग्रह गरेका थिए ।