एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २० : वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतीमा जनकपुरधामको वडा नंं २३ विन्धिमा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
कुल १६ टिमको सहभागितामा १३ दिन सम्म चल्ने जिल्ला स्तरीय प्रतियोगीताको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले समुद्घाटन गर्दै उपमहानगरपालिकाले खेलको विकासलाई उच्च प्राथमिकतामा राखेकोले नगर क्षेत्रका खेलकुद मैदानलाई व्यवस्थित बनाउन वडा कार्यालयहरूलाई आग्रह गर्नुभयो ।
नेपालको पत्रकारिता इतिहासमा स्वर्गीय राजेश्वर नेपालीको ठूलो योगदान रहेको बताउँदै मेयर साहले वहाँको स्मृतीमा क्रिकेट टुर्नामेन्ट हुन लागेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा स्व. नेपालीका सुपुत्र तथा वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले युवाहरूलाई कुलतबाट जोगाउन खेलकुद महत्वपूर्ण माध्यम भएकाले खेलको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगिताको उद्घाटन सत्रमा खेलका संयोजक रमेश साह, स्थानीय अगुवा युवा केवल शर्मा, पत्रकार श्रीनारायण साह सहितका वक्ताहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नाममा भइरहेको प्रतियोगिताको प्रशंसा गरे । दुग्धमति युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा शुरु भएको प्रतियोगितामा धनुषा तथा महोत्तरीका टिमको सहभागिता रहेको छ ।
प्रथम राष्ट्रपति यादवको सामुने पत्रकार र जनप्रतिनिधी भिडने
प्रतियोगीताको दौरान अगामि २९ गते नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको सामुने पत्रकार तथा जनप्रतिनिधीहरु बिच मैत्रीपुर्ण क्रिकेट प्रतिस्पर्धा हुने वडा अध्यक्ष साहले बताए । चुरे संरक्षणका लागि पत्रकार र जनप्रतिनिधी अग्रसर हुनपर्ने उद्देश्यलाई दर्शाउन पत्रकार र जनप्रतिनिधीहरु बिच प्रतियोगीता हुने जस्मा प्रतियोगीता बारे दैनिक प्राथमिकताका साथ कभरेज गर्ने मिडियाका पत्रकार र जनप्रतिनिधीको सहभागिता हुने उनले बताए । उनले सो खेलका विजेता पनि ११ हजार पुरस्कारबाट पुरस्कृत हुने पनि घोषणा गरे ।