एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १२ :
धनुषाको धनौजीमा परालमा छोपिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनौजी गाउँपालिका– ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो ।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको ५/६ दिन अघि हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ । शवको पहिचान भएको छैन ।