संजय कुमार साह
जनकपुरधाम, मंसिर ११ :
कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीमा श्रद्धालु भक्तजनहरुले गरेका छन् । कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराका बिच अनौठो भूत मेलाले आकर्षित गर्ने गर्छ । कात्र्तिक शुक्ल पुुर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका कमलामा प्रत्येक वर्ष भूत मेला लागेको हो । पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आईरहेका छन् ।
मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौ मानिस सिरहा र धनुषा स्थित कमला नदीमा स्नान गरेका छन् । धामी झाक्री बन्ने विश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देबीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास छ ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ ।
मिथिलामा पहिलेदेखि नै तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । यद्यपि यसको कुनै वैज्ञानिक आधार नरहेपनि अन्धविश्वासको रुपमा नभई यो लोक आस्था रहेको संस्कृतिविद एवं मैथिलीका साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले बताए ।
मुख्यतः ग्रामीण भेगका अशिक्षाका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुले नै यो परम्परा धान्दै आईरहेको कतिपयको भनाई छ । घर परिवारका कुनै सदस्यलाई हानि नोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षासमेत गर्ने गरेको जनविश्वास छ । सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकडलगायत कमला नदी छेउमा विभिन्न स्थानमा स्नान गर्ने लाखौंं श्रद्धालुहरूको घुइँचो लागेको थियो ।