संजय कुमार साह
जनकपुरधाम, मंसिर ११ :
नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् ।
नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । वर्षो पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनु आवश्यक रहेको वक्ताहरुको कथन थियो । नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजत देवानगञ्ज नरपतगञ्ज अन्तरसम्बाद कार्यक्रममा
संविधानसभा सदस्य मुंगालाल मेहताले नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता नै हो । यी दूई देशहरूका जनताले प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको पाइन्छ भने मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेको पाइन्छ वताए ।
हाम्रा धर्मग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् दुवै देशहरूबीच कुनै भौगोलिक सिमानाको बन्देज रहेको देखिँदैन । हिन्दू धर्मले मान्दै आएका देवीदेवताहरूदेखि लिएर ऋषिमुनिहरूले आफ्नो ज्ञान साधनाको लागि निर्वाधरूपमा एक–अर्को देशमा आवतजावत गरेको देखिन्छ ।
नेपाल भारत खुला सीमा संवाद समुहका अध्यक्ष राजीव झाले छिमेकीका बीचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो होइन । तर, ती विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैनन् बताउए । उनले भने ‘मुख्य कुरो दुई देशबीच आपसी समझदारी छ कि छैन भन्ने मात्रै हो । त्यस्तो समझदारी रहेसम्म सीमावर्ती क्षेत्रमा हिँड्ने पैदलयात्रीको गोडामा बिझ्ने काँडालाई तूल दिन हुँदैन ।’
नेपाल र भारतका बीचको सौन्दर्य नै सु–सम्बन्ध हो । दुई देशका बीच विश्वासको वातावरण भएको खण्डमा विकासका प्रयास सफल हुनेछन् । अहिलेसम्म नेपाल र भारतका बीच कटुता देखिएको छैन । नेपाल र भारतबीच सहअस्तित्व र विश्वासको सम्बन्ध रहोस् भन्ने चाहना राख्नेहरू स–साना विषयमा दुवै देशका नेतृत्वले आफ्नो समय खेर नफालून् भन्ने चाहन्छन् उनको भनाई थियो ।
भारतका अररिया जिल्ला परिषद्का उपाध्यक्ष श्रवणकुमार दासले सीमामा देखिएका समस्या समाधानका लागि स्थानीयस्तरवाट पनि समाधान गर्नुपर्छ वताए । बुर्जु गाउँपालिकाका अध्यक्ष जीवछ रायले सीमामा जस्तो समस्या देखाइएको छ त्यस्तो नरहेको दावी गरे ।