एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ९ :
नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व मन्त्री विमलेन्द्र निधिले केही प्रतिक्रियावादी, लोकतन्त्र बिरोधी व्यक्तिहरुले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् ।
जनकपुरधामस्थित नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै निधिले केही व्यक्तिले राजधानी काठमाडौँमा हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने दावी गरे । उनले नेपाली जनताकै आन्दोलनको बलमा निर्माण भएको संविधानसभाबाट नयाँ संविधान निर्माण भएको, मुलुक संघिय गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेकाले यसलाई बदल्ने शक्ति कसैमा नरहेको बताए ।
निधिले एक अर्को प्रसंगमा निधिले २०८४सम्म यही गठबन्धनको सरकार टिक्ने स्पष्ट पारे । उनले भने ‘अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ, यसपछि एकिकृत समाजवादी र कांग्रेस नेतृत्वको सरकार रह्ने छ ।’ उनले गठबन्धनभित्र ३ प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमती भएको र अहिलेसम्मको यही सहमति अनुसार गठबन्धन चलिरहेको बताए । यसका साथै गठबन्धनमै रहेर कांग्रेसले आगामी निर्वाचन लड्ने नलड्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।
कार्यक्रममा लोसपा परित्याग गरेका मनोज चौधरीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । चौधरी पछिल्लो स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख निर्वाचन लडेका थिए । उनी संगै लोसपा परित्याग गरेका रामबाबु साह, ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फूलदेव पण्डित समेत नेपाली कांग्रेसमा।